चितवनको छात्रावासमा मृत्यु भएकी सालिनको पशुपति आर्यघाटमा अन्त्यष्टि

चितवन ।  चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्यष्टि गरिएको हो।

एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

उनको बलात्कार पछि हत्या भएको परिवारले आरोप लगाएका थिए। तर पोख्रेलको पोस्टमार्टम रिपोर्टले भने उनको बलात्कार नभएको देखाएको छ थियो। घटनाको अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरिसकेको छ।nagariknews

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको