नयाँ सत्ता समीकरण बनेपछि प्रचण्डले भने– ‘कम्युनिष्ट एकताको पहल थालेका छाैँ’

काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको पहल थालेको प्रतिक्रिया दिएका छन्। सुखानी शहीदका परिवारसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले यस्तो बताएका हुन्।

‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ। सोमबार कांग्रेससँगको सहकार्यमा ब्रेक लगाएर प्रधानमन्त्री प्रचण्ड एमाले, रास्वपा र जसपासँगको नयाँ गठबन्धनमा फर्किएका छन्।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको