एमाले जुनसुकै वेला सरकारमा जान सक्छ: अध्यक्ष ओली

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले आवश्यकता परे एमाले जुनसुकै वेला पनि सरकारमा जानसक्ने बताएका छन्। आइतवार संसद् भवनमा एमाले सांसदहरुलाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले आवश्यकता परे सरकारमा जुनसुकै वेला पनि सहभागी हुन सक्ने सांसदहरुसँग बताएका थिए। शक्ति पृथकीकरणको सिद्धान्त सरकारले बुझ्न नसकेको टिप्पणी पनि उनले गरे। अध्यक्ष ओलीले अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणीसमेत गरे।

अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै उनले भने, ‘अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ।’ उनले देशको अर्थतन्त्रसम्बन्धमा सरोकारवाला पक्ष कसैसँग परामर्शसमेत नगरेको आरोप अर्थमन्त्री डा प्रकाशशरण महतमाथि लगाए। अर्थमन्त्रीले आवश्यक परामर्श गरेर अघि नबढ्दा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ।

देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर २०४८ सालमै असफल भइसकेको सिद्धान्त फेरि लागू गर्न खोज्नु उपयुक्त नरहेको चर्चा उनले गरे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको