भरतपुर भ्रमण वर्षको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

चितवन । ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष सुरू भएको छ । भरतपुर महानगरपालिकाद्वारा आयोजित भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गरे । नारायणी नदी किनारमा भव्यरूपमा उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालका साथै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी उद्घाटन समारोहमा उपस्थित भएका थिए । प्रदेशका मुख्यमन्त्री तथा प्रमुखहरू पनि सहभागी थिए ।

उद्घाटन समारोहमा मेयर रेनु दाहाल भरतपुरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् ।भ्रमण वर्षले भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न कोशेढुंगा सावित हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको