चितवन । चितवनको भरतपुर अस्पतालले बिरामीलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन) र फूड सप्लिमेन्टहरु किन्न बाध्य नपार्न चिकित्सकलाई आग्रह गरेको छ । चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गरी यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका छन् । अस्पतालको औषधि तथा उपचरात्मक समितिको निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएकोछ ।सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।










