कालिकामा  निःशुल्क कुक तालिम सुरु

चितवन । चितवनको कालिका नगरपालिकामा पाककला (कुक) तालिम सुरु भएको छ । कालिका नगरपालिका वडा नं. ८ को आयोजना तथा अस्मि इभेन्टस् म्यानेजमेन्टको सह आयोजनामा मंगलबारबाट २१ दिने निःशुल्क पाककला (कुक) तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले गर्नुभएको हो । युवा शक्ति र सीप विकासको लागि कार्यक्रमको आयोजना गरिएको प्रमुख अतिथि समेत रहनुभएका रेग्मीले बताउनुभयो ।यस क्षेत्रमा होटल रेष्टुरेन्टहरुमा दक्ष कामदारको अभाव भएको भन्दै तालिम लिएर दक्ष भएकाहरुलाई रोजगारीको कुनै अभाव नहुने उनको भनाई छ ।

कालिका वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका नगर उप प्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, कालिका वडा नं. ८ का वडा सदस्य सुनिता परियार लगाएतले मन्तव्य राखेका थिए ।

२१ दिने सम्म सञ्चालन हुने पाककला (कुक) तालिममा वडा भरिका ३२ जना प्रशिक्षार्थीको सहभागीता रहेको अस्मि इभेन्टस् म्यानेजमेन्टका व्यवस्थापक सन्देश रेग्मीले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको