नेकपा एस नवलपुर जिल्ला अध्यक्षसहितका नेता एमाले प्रवेश

नवलपुर । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्ष झबिलाल रानासहितका नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एसका जिल्ला अध्यक्ष रानासहित प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डेसहित जिल्ला कमिटिी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले स्वागत गरेका हुन् । नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्यालसहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटा पनि एमाले प्रवेश गरेका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको