चितवन । कालिका नगरपालिका वडा नं-२ स्थित पदमपुरमा भाइरल घर हेर्न जाने क्रममा सोही घरको भर्याङबाट लडेर एक युवक घाइते भएका छन् ।
धादिङको निलकण्ठ नगरपालिका वडा नं-१० बस्ने २८ वर्षीय विनोद लामिछाने घाइते भई उपचारका लागि सोमबार बेलुकी ६ः३० बजे भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
निजको दुवै हात र ढाड भाँचिएको प्रहरीले जनाएको छ ।









