नारायणी पुल मुनि एक पुरुषको शव फेला

चितवन । भरतपुर महानगरपालिका–१ पुलचोकको नारायणी नदी पुल मुनि एक जनाको शव फेला परेको छ । चितवन प्रहरीका अनुसार नाम, थर नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।

नदीले लाश बगाउँदै ल्याएको छ भन्ने सूचनाको आधारमा विपत् सहितको प्रहरी टोली खटिएर शव नदी बाहिर निकालेको चितवन प्रहरीले जनाएको छ । शव अन्दाजी १५ दिन पहिलेको जस्तो देखिने प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको