न्यु भरतपुर सबस्टेशनबाट वितरित चार फिडर मर्मतका लागि आज बन्द हुने

चितवन । आँपटारीस्थित न्यु भरतपुर सबस्टेशनबाट वितरण गरिएको विद्युतका चार वटा फिडर आज बन्द हुने भएका छन् । सबस्टेशन मर्मतका लागि आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ११ केभीका चार वटा फिडर बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार औद्योगिक ३ फिडर (रामघाट–शिवघाट क्षेत्रका उद्योग), देवघाट फिडर (देवघाट–रामनगर–ठिमुरा–जुगेडी–चौकीडाँडा), क्षेत्रपुर फिडर र कल्याणपुर फिडर (पोखरा बसपार्क–नारायणी लिफ्ट–प्रहरी तालिम केन्द्र–शसस्त्र बेसक्याम्प) बन्द हुने छ ।

उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको