रत्ननगर-१२ जमुनापुरमा खुल्यो सोनी लेडिज टेलर्स एण्ड ठकुरी सिलाईकटाई ट्रेनिङ सेन्टर

चितवन । पूर्वी चितवनको रत्ननगर- १२ जमुनापुरमा सोनी टेलर्स एण्ड ठकुरी सिलाईकटाई ट्रेनिङ सेन्टर संचालनमा आएको छ । आज शुक्रबार एक कार्यक्रम गरी सोनी टेलर्स एण्ड ठकुरी सिलाईकटाई ट्रेनिङ सेन्टर संचालनमा ल्याईएको हो ।  सो सेन्टरको प्रमुख अथिती राष्ट्रिय आधारभुत बिद्यालयका प्राध्यपक विश्वहरी आचार्य, कार्यक्रमका अध्यक्ष कोमल हृदय प्रतिष्ठानका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठलगायत अन्य अथितीले सयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

चार लाख लगानीमा सफल सिं ठकुरी र सोनी महतो (सिं ठकुरी)ले सोनी टेलर्स एण्ड ठकुरी सिलाईकटाई ट्रेनिङ सेन्टर संचानमा ल्याएका हुन । संचालक सफर सिं ठकुरीका अनुसार ३ जना कर्मचारी राखेर सेन्टर संचालनमा ल्याईएको हो । यहाँ एक पटकमा २० जनाले सिलाईकटाई सिक्न सकिने संचालक ठकुरीले जानकारी दिए ।

कार्यकममा मन्तव्य राख्दैँ अधिकाँश अथितीले व्यवसाय सफलताको शुभकामना व्यक्त गरे ।  कार्यक्रमका अध्यक्ष कोमल हृदय प्रतिष्ठानका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठले आफ्नो संस्थाबाट तालिम लिएर व्यवसाय शुरु गरेकोमा खुशी व्यक्त गर्दै व्यवसाय सफलताको शुभकामना व्यक्त गरे । कोमल हृदय प्रतिष्ठानले २०७५ सालमा संचालन गरेको सिलाईकटाई तालिम लिएर अहिलले व्यवसाय संचालन गर्न लागेकोमा खुशी लागेको छ, उनले भने । संचालक सोनि महतोले सेन्टरमा लेडिजसम्बन्धी कपडाका साथै स्कुल, बोर्डिङका ड्रेस कपडा शुपथ मुल्यमा पाईने बताए । उनका अनुसार सिलाईकटाई सम्बन्धी बेसिक कोर्ष र स्पेशल कोर्ष सिकाईनुका साथै सिलाई मेशिनका सामान पनि शुपथ मुल्यमा पाईन्छ ।

कोमल हृदय प्रतिष्ठानका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अथिती राष्ट्रिय आधारभुत बिद्यालयका प्राध्यपक विश्वहरी आचार्य, तिल प्रसाद अर्याल, माधव प्रसाद दुवाडी, हर्क बहादुर गुरुङ, कालेव गुरुङ, एकराज बम्जनलगायतले मन्तव्य राखेका थिए । सेन्टरका संचालक सफर सिं ठकुरीले संचालन गरेको कार्यक्रममा स्थानियको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको