चितवन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्रि सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । सुर्तनाबाट कठारतर्फ जाँदै गरेको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले गोडा च्यापेको अवस्थामा आज बिहान ५ः४५ बजे खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका हुन् ।
घटना के कसरी हुन गएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।









