विश्वकप  लिग–२: नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। गुल्सन झाको स्थानमा करण केसीले आजको खेल्दैछन्। नेपालले जारी सिरिजको तेस्रो खेल खेल्न लागेको हो भने नामिबियासँग सिरिजको दोस्रो भिडन्त हो। यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। नेपालले फागुन १३ गते पुन: नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको