चितवन । कोमल हृदय प्रतिष्ठानले वनभोज कार्यक्रम गरेको छ । आज कालिका नगरपालिका वडा नं ७ को उदयपुर पार्कमा वनभोज कार्यक्रम गरेको हो ।



प्रतिष्ठानले चितवनको इच्छाकामना र कालिकामा सामाजिक कार्य गर्दै आइरहेको छ । आज प्रतिष्ठानले छात्रवृत्ति दिएर पढाएका विद्यार्थी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, शिक्षकको उपस्थितीमा वनभोज कार्यक्रम गरेको संस्थाका चितवन कोअर्डिनेटर ईश्वर श्रेष्ठले बताए । उनका अनुसार संस्थाले श्री राष्ट्रिय माध्यमिक विद्यालय कालिका ११ सिद्धी, श्री आधारभुत विद्यालय कालिका ७ जुटपानी, पृथ्वी माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय रेडक्र्रसग्राम, श्री जनहित राष्ट्रिय आधारभुत विद्यालय र भोले वावा आधारभुत बिद्यालयका करिव १८० जना गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिँदै आइरहेको छ । आज सोहि विद्यार्थीको भेला गरेर वनभोज खुवाएको श्रेष्ठले बताए ।
संस्थाले यस अगाडि चितवनको ईच्छाकामना र कालिकामा निशुल्क सिलाईकटाई तालिम, विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले वनभोजमा विभिन्न खेल तथा नाचगान गरेर रमाईलो गरेका थिए ।














