चितवन । घरको छतबाट खसेर माडी- ३, बैराठ गाउँमा एक जना पुरुषको मृत्यु भएको छ ।आइतबार साँझ ७ः३० बजे छोरा बीरबल महतोको नवनिर्मित एकतले घरको छतमा भोज खाइरहेको अवस्थामा असन्तुलित भई छतबाट खसेका बर्ष ६२ का रामनाथ महतोको मृत्यु भएको हो ।
रेलिङ लगाउन बाँकी रहेको सो घरको छतमा घरायसी भोज चलिरहेको अवस्थामा महतो भुइँमा खस्दा उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । महतोलाई बघौंडा अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको माडी प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्का उठाई शवको पोष्टमार्टमका लागि भरतपुर पठाईएको छ ।









