मेलम्ची आयोजनामा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका ३ जना कार्यकारी निर्देशक, ३ जना बोर्ड सदस्य र कर्मचारी गरी १५ जना, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा मेलम्ची खानेपानी विकास समितिका बोर्ड अध्यक्षको भूमिकामा हुने भएकाले पूर्वसचिव शर्मा, उपाध्याय र ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा लागेको हो ।

भ्रष्टाचार मुद्दा लाग्ने अन्यमा अर्थ मन्लयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको