नेकपा एसका पोलिटब्यूरो र केन्द्रीय समितिका दुई नेता एमालेमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् ।

पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अ‍ोलीसहितका नेताहरुले स्वागत गरेका हुन् ।

यसअघि नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको