चितवन । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बिहीवार दिउँसो १ः१५ बजे नारायणगढ पोखरा बसपार्क पछाडिपट्टि नारायणी नदीमा पहिचान नखुलेको पुरुष व्यक्ति मृत फेला परेका हुन् ।
अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति नदीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । निज व्यक्तिको अनुहार सडे गलेको र चिन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।









