चितवनको रत्ननगरमा दुई जना युवकमाथि खुकुरी प्रहार

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडीका एकजना अधिकृतले बताए । आक्रमणमा संलग्न आरोपीहरू भागेका छन् ।

घाइतेहरूलाई उपचारका एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट प्रहरीले ब्रेजा कार बरामद गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको