नारायणी नमूना माविका शिक्षकद्धारा विद्यार्थीमाथि कुटपिट

चितवन । चितवनको भरतपुरमा रहेको एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थी कुटपिट गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० मा रहेको नारायणी नमूना माविमा कक्षा १० मा अध्ययनरत छात्र श्लोक खनाललाई विद्यालयका शिक्षक प्रेम कुमार श्रेष्ठले कुटपिट गरेका हुन् ।

माघ २२ गते अपरान्ह अतिरिक्त कक्षामा ढिला आएको भन्दै गणित विषयका शिक्षक प्रेम कुमार श्रेष्ठले कुटपिट गरेको विद्यार्थीका अभिभावकले जनाएका छन् । विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहिको माग गर्दै अभिभावकहरु स्कुल प्रशसनसमक्ष पुगेपनि शिक्षकलाई कारबाहि गर्ने तर्फ कुनै चासो नदिएको बताइएको छ । घटनाका विषयमा यो खबर तयार पार्दासम्म विद्यालयले कुनै प्रतिकृया जनाएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको