कालिकामा ५ दिने सरफ तथा साबुन बनाउने तालिम सम्पन्न

चितवन । चितवनको कालिकामा गरिवसँग विश्वेश्वर कार्यक्रम अन्र्तगत बिपन्न महिलाहरुलाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ सञ्चालन गरिएको ५ दिने सरफ तथा साबुन बनाउने तालिम मंगलवार सम्मन्न भएको छ ।

कालिका नगरपालिका कार्यालयको आयोजनामा संचालन भएको तालिमा ३५ जना बिपन्न महिलाहरुले सहभागिता जनाएका थिए । तालिमको समापन गर्दै प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले तालिम लिए पश्चात आयआर्जनमा टेवा पुग्ने बताउनुभयो । सरफ तथा साबुन बनाउने सिप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न उहाले आग्रह गर्नुभयो ।

उहाले भन्नुभयो, ‘प्राप्त गरेको प्रमाण पत्रलाई भित्तामा टासेर मात्रै होईन, सिकेको सिपलाई व्यवहारमा उतार्दै आयआर्जन गर्न सकेमात्रै सिकेको सिपको सदुपयोग हुनेछ ।’ तालिमबाट उत्पादन भएको हरेक प्रकारका सामाग्रीहरु कालिका नगरपालिकाले खरिद गरी बिक्रि बितरणमा सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत गौतमले प्रतिवद्धता जनाउनुभयो ।

यसैगगरी वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र तामाङले सिप सिकेर मात्र आत्म निर्भर नभइने भएकोले सिपलाई समयमै सदुपयोग गर्न आग्रह गर्नुभयोे । यस्ता किसिमका कार्यक्रमहरु नगरका प्रत्यक वडाहरुमा सञ्चालन गर्ने बताउनुभयो ।

३५ जना सहभागि रहेको ५ दिने सरफ तथा साबुन बनाउने तालिममा सुस्मिता थापा मगर र नन्दी थापा मगरले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रशिक्षक सुस्मिता थापा मगर, गरिवसँग विश्वेश्वर समितिका विश्वज्वती अधिकारी, तालिममा सहभागिका तर्फबाट सिता गिरी लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कालिका वडा नंं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, कालिका ५ का वडा अध्यक्ष दिपक भट्टराई, कालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, कालिकाका शाखा अधिकृत प्रकाश चन्द्र पौडेल, कार्यपालिका सदस्य शान्ति महतो, कालिका वडा नं. ३ का वडा सदस्य कृष्ण वहादुर प्रजा, वडा नं २ का वडा सदस्य चित्र वहादुर भण्डारी, चन्द्र रेखा वि.क, बेली कुमारी गुरुङ, उद्यम विकाश अनुगमन समितिकी सिलामाया बस्नेत, प्रशिक्षक नन्दी थापा मगर लगाएतको सहभागिता रहेको थियो । नगरपालिकाका उद्यम विकाश सहजकर्ता सन्तोषी कुमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको