साहारा चितवन सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि विरुद्ध उजुरी दिन छुट भएकालाई १५ दिन भित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । प्रहरीले शुक्रबार सूचना जारी गरी उक्त अनुरोध गरेको हो।

भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोक स्थितमा केन्द्रिय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि।को केन्द्रीय कार्यालय, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको भनि ठगी सम्बन्धी कसूरमा उनीहरु विरुद्ध ठगी कसूर मुद्दा शिर्षकमा अनुसन्धान कार्य जारी रहेको र उजुरी दिन छुटेकाहरुलाई १५ दिन भित्र उजुरी दिन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा सुचना अधिकारी श्रीराम भन्डारीले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको