कालिकामा ५ दिने सावुन तथा सरफ बनाउने तालिम शुरु

चितवन । चितवनको कालिका नगरपालिकामा ५ दिने सावुन तथा सरफ बनाउने तालिम शुरु भएको छ । गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तगत आजदेखि कालिका वडा नं २ को कार्यलयमा सुरु भएको तालिमको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख रेग्मीले पाँच दिनसम्म सञ्चालन हुने तालिम पश्चात् महिलालाई आत्मनिर्भर बनाउने अभियानलाई केही हदसम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । तालिम लिएर प्रमाणपत्र सिरानीमा राख्ने खालको नभई तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न र व्यवसायीक बन्न उहाँले आग्रह गर्नुभयो। सीप सिकेपछि परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले तालिम आयोजना गरिने गरेको उहाँको भनाइ छ । महिलाहरुको उद्यमशिलता विकासका लागि तालिमको खाँचो पर्ने बताउँदै यसमा नगरपालिका सधै सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष लक्ष्मण पौडेल, वडा अध्यक्ष मकरमान श्रेष्ठ, कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाश पौडेललगायतले मन्तव्य राखेका थिए । आजबाट शुरु भएको तालिम २३ गतेसम्म संचालन हुनेछ । तालिममा गरिब तथा विपन्न महिलाको सहभागिता रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको