चितवनमा ७३५ एम्पुल लागुऔषधसहित एक महिला पक्राउ

चितवन । चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा भरतपुर महानगरपालिका ३ मा बस्दै आएकी आश्रीत चौधरीलाई पक्राऊ गरेको हो ।

दाङको लमही स्थायी घर भई भरतपुरमा भाडामा बस्दै आएकी चौधरीको साथबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध समेत फेला पारेको छ । उनको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन २ सय २२, प्रोमेर्थिजिन इन्जेक्सन २ सय ५१ र डाईजेपाम इन्जेक्सन २ सय ४० एम्पुल गरि ७ सय ३५ एम्पुल समेत फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । चौधरी माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको