चितवन । पूर्वी चितवनकाे कालिका नगरपालिकाका तेक्वान्दो खेलाडीले थाइल्यान्डमा दुई स्वर्ण जित्न सफल भएका छन् । थाइलेन्डको च्याङमाईमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले आठ पदक जित्न सफल भएका हुन् ।
कालिका नगरपालिकाका खेलाडी रमेश कार्की र रजत कार्कीले पुम्से बिधा तर्फ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी, पुम्सेतर्फ भरतपुरका करण खड्का र दाङका रिमोत झाँक्री मगरले रजत पदक प्राप्त गरेका छन् । प्रतियोगितामा चितवनबाट सात खेलाडी सहित नेपालबाट आठ खेलाडीले प्रतिनिधित्व गरेकोमा आठ पदक हात पार्न सफल भएका हुन् । जसमा ६ स्वर्ण पदक दुई रजत पदक रहेका छन् । त्यस्तै, फाइटतर्फ भरतपुरका दीक्षित सुवेदी, भरतपुरकै कमल भट्टराई, रत्ननगर सन्देश बस्ताकोटी र दाङका वीरेन्द्र डाङीले स्वर्णपदक प्राप्त गरेका छन् ।









