जसले पनि एसिड किन्न पाउने व्‍यवस्था हटाउनुपर्छ: एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि एसिड किनेर सहजै प्राप्त गर्ने कुरालाई रोक्नुपर्ने बताएका छन्। एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले एसिड परिभाषित रुपमा मात्रै प्राप्त गर्नसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले प्रशासनिक सजगता बिना एसिडको उपलब्धता हुनु नहुने भन्दै के प्रयोजन, कुन मात्रामा किनेको हो? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताए।

उनले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने पनि बताए। उनले घटना हुन नदिनका लागि सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने बताए।

उनले भने, ‘सरकारको ध्यानाकर्षण त यो कार्यक्रममार्फत आफैँ भएको छ। यस फिल्मको निर्माणको सन्दर्भमा निर्माण भइसकेपछि यसलाई जब हामी प्रशारण गर्दछौँ, त्यसको सन्दर्भमा पनि ध्यानाकर्षण हुनेछ। तर त्यसबाहेक मैले यस सन्दर्भमा शिर्ष नेताहरुको तहमा प्रधानमन्त्रीजीलाई भेटेरै कुरा गर्नेछु । यस एजेण्डामा नै छलफल गर्नेछु।’

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरू कुनै पनि सजाय दिन सकिने स्पष्ट पारे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको