चितवन । चितवनकाे कालिका नगरपालिकामा एक दिने लाेकसेवा तयारी सम्बन्धी अभिमुखिकरण तालिम आयाेजना गरिएको छ । तालिमको कालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख विमला तामाङले उद्घाटन गर्नुभयाे ।
उद्घाटन कार्यक्रमलाई संवाेधनगर्दै कार्यवाहक नगर प्रमुख तामाङले लाेकसेवा प्रति युवाहरूकाे आर्कषण बढाउन नगरपालिकाले एकदिने अभिमुखिकरण तालिम आयाेजना गरिएकाे बताउनुभयाे । यहाँ पढिरहेका भाइ वहिनीहरू धमाधम विदेशीनुमात्रै समस्याको सामाधान नभएको उहाँको भनाई छ । लाेकसेवाप्रति युवाहरूको आकर्षण बढाउन सके बढ्दाे बेरोजगारी न्यूनीकरणमा थाेरै सहज हुने उहाँले बताउनुभयो ।
याेग्यता पुगेका भाई वहिनीहरूलाई लाेकसेवा आयाेगकाे परीक्षा दिएर देशकाे सेवामा लाग्न सके समृद्ध नेपाल बनाउने युवाहरूकाे भूमिका पनि देखिने उहाँकाे तर्क थियोे । यस्ता विद्यार्थीलाई नगरपालिकाले सहयोगगर्ने समेत उहाँले स्पष्टपार्नुभयाे ।
नगरका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष चित्र वहादुर मगर लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले लाेक सेवा तयारी बारे सहजिकरण गरेका थिए ।कार्यक्रममा १२ कक्षा पास गरेका विद्यार्थी, पाँचौ तहका लागि याेग्यता पुग्ने ८० जना विद्यार्थीहरू अभिमुखिकरण कार्यक्रममा सहभागी छन् । कार्यक्रम सञ्चालन महिला बालबालिका शाखा महिला विकाश निरिक्षक सविना श्रेष्ठले गर्नुभएकाे थियाे ।









