आज काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस!

काठमाडौं । काठमाडौं उपत्यकामा शनिवार यो वर्षको हालसम्मकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको हो।

‘आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम अर्थात् २.९ डिग्री सेल्सियस मापन गरिएको छ’, मौसमविद् मीनकुमार अर्यालले भने, ‘बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस थियो।’

तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने अर्यालले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको