यातायात व्यवस्था कार्यालय चितवनले उठायो ६ महिनामा ४६ करोड राजश्व

चितवन । यातायात व्यवस्था कार्यालय चितवनले ६ महिनाको अवधिमा करीब ४६ करोड आम्दानी गरेको छ । चालु आर्थिक बर्ष २०८०,८१को साउन देखि पुष महिनाको अवधिमा ४५ करोड ८६ लाख २९ हजार ४४८ रुपैंया राजश्व संकलन भएको हो ।

कार्यालयले चालक अनुमतिपत्र, सवारी किताब सम्बन्धी दस्तुर, सवारी साधन कर, प्रशासनिक दण्ड र जरिवाना जफत , यातायात क्षेत्रको आम्दानी, बेरुजु र अन्य प्रशासनिक सेवा शुल्क शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ । जसअनुसार कार्यालयले सबै भन्दा बढी सवारी साधन करबाट ३४ करोड ३१ लाख ४९ हजार ४२१ रुपैंया र सबैभन्दा कम बेरुजु शिषर्कबाट पांँचसय रुपैंया संकलन भएको छ ।

यसै गरी चालक अनुमतिपत्र , सवारी किताब सम्बन्धी दस्तुर शिर्षक बाट ९ करोड ६४ लाख ७५ हजार ४७७ रुपैंया, प्रशासनिक दण्ड जरिवाना जफत शिर्षकबाट २ लाख ३० हजार २७० रुपैंया, यातायात क्षेत्रको आम्दानी १ करोड ८७ लाख ३६ हजार ३८० रुपैंया र अन्य प्रशासनिक सेवा शुल्कबाट ३७हजार ४०० रुपैंया संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले सबै शिर्षकमा राजश्व संकलन सन्तोषजनक रहेको बताउनु भयो । कार्यालयले विगतका बर्षहरुमा चालक अनुमतिपत्र नवीकरणको मात्र राजश्व संकलन गर्दै आएपनि चालु आबबाट नयांँ चालक अनुमतिपत्र वितरणको व्यवस्था गरेकोले राजश्व संकलनमा थप बृद्धि भएको पौडेलको भनाई छ ।

‘अघिल्लो बर्ष नवीकरण मात्र हुन्थ्यो, अहिले नयांँ लाईसेन्स वितरण पनि यहींबाट हुन्छ , उहांँले भन्नुभयो , यहांँ सेवा लिन छिमेकी जिल्लाबाट पनि सेवाग्राही आउंँछन । यसले राजश्व संकलन पनि बढेको छ ।’ कार्यालयले यो चालु आबमा ७० करोडको राजश्व संकलन लक्ष्य लिएको समेत उहांँले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको