कालिका-७ मा संचालित २ हप्ते निशुल्क वेल्डिङ तालिम सम्पन्न

चितवन । कोमल हृदय प्रतिष्ठान काठमाडौको आयोजनामा संचालित २ हप्ते निशुल्क वेल्डिङ तालिम आज सम्पन्न भएको छ । कालिका वडा नं.७ मा संचालित तालिममा कालिका र राप्तिका ६ जना पुरुषहरुको सहभागीता रहेको थियो ।

सो निशुल्क तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निशुल्क वेल्डिङ मेशिन, ग्यालेण्डर, ड्रिल मेशिन, ग्लव्स र ग्लाससमेत प्रदान गरिएको थियो ।
सस्थाका संस्थापक अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कमलराज मुक्तानले सहभागीहरुलाई प्रमाणपत्र र मेशिन प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष मुक्तान, संस्थाका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, सस्थाका सदस्य शोभा ढकाल, तालिम प्रशिक्षक सिमोन श्रेष्ठ, तालिममा सहभागी सुजन डंगोल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा झ्याल, ढोका, ट्रस्ट, ग्रील, टेबल, बेन्च, बोर्ड, ट्यांकी स्ट्याण्ड र फलामे चुलो बनाउन सिकाइएको संस्थाका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठ बताए । उनका अनुसार संस्थाले वेल्डिङ सम्बन्धि तालिम दिएको पहिलो हो । संस्थाले यस अगाडि चितवनको ईच्छाकामना र कालिकामा निशुल्क सिलाईकटाई तालिम, विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको