रत्ननगर महोत्सवमा हस्तकला उद्योग तर्फ हाम्रो घरेलु उद्योग प्रथम

चितवन । रत्ननगर महोत्सवमा हस्तकला उद्योग तर्फ रत्ननगर वडा नं ९ भेडी स्थित हाम्रो घरेलु उद्योग प्रथम भएको छ ।

महोत्सवमा स्टल राखेर स्थानीय उत्पादन विक्री गरिरहेका हस्तकला उद्योगहरु बीचको प्रतिस्पर्धामा हाम्रो घरेलु उद्योग प्रथम भएको हो । उद्यमी महिला द्वय सरस्वती लामा र संगिता खनालले सयुक्त रुपमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् । सो उद्योगले टिमुरको छोप, मिक्स अचार, लसुनको अचार, लप्सीको अचार, गुन्द्रुक र भटमासको अचार, कागतीको अचार, मुला तथा गाँजरको अचार, करेल तथा तामाको अचार, अकबरे खुर्सानी लगायतको अचार उत्पादन गरि बिक्री गर्दै आएको छ ।

उद्योगले उत्पादन गरेको सामाग्रीको गुणस्तरको मापन गरि मुल्याङ्कन समितिले नतिजा प्रकाश गरको थियो । प्रतिस्पर्धामा हस्तकला नेपाल प्रा.लि.द्धितीय र गुडहोम प्रोडक्ट प्रा.लि. तृतीय भएको छ । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई रत्ननगर उबासंघका अध्यक्ष शंकर गिरी, उपाध्यक्ष रामशरण नेपालले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको