काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ । उहाँ आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ गत माघ ४ गते युगान्डाको कम्पाला जानु भएको थियो । प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू हुनुहुन्छ ।









