नारायणगढ – मुग्लिन सडक खण्डको ३ नम्बर पुलबाट खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो

चितवन । नारायणगढ – मुग्लिन सडक खण्डको ३ नम्बर पुलबाट खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो गाडी भएको पुष्टि भएको छ ।

आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन ।

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले मानिस भने फेला नपरेको बताए । गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरीको सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको