नारायणगढ – मुग्लिन सडक खण्डको ३ नम्बर पुलबाट गाडी त्रिशुलीमा खस्यो

चितवन ।  नारायणगढ – मुग्लिन सडक खण्डको ३ नम्बर पुलबाट गाडी त्रिशुलीमा खसेको छ ।  मंगलबार बिहान करिब ४ बजेको समयमा पुलबाट त्रिशूली नदीमा गाडी खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

सडकबाट नदीमा गाडी खसेको सूचनापछि उद्धारका लागि सशस्त्र प्रहरीको गोताखाेरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । दुर्घटनामा परेको गाडी नदिमा पुरै डुबेको छ । गाडीको  ‘नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन ।’  प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको