काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र विकास आयोजनाको पैदलयात्रा गरेर सरकारलाई दबाब दिने भएको छ।
पार्टीको माघ ३ गते बस्ने केन्द्रीय समितिको बैठकले यसको विस्तृत कार्ययोजना पारित गर्ने पार्टी उपसभापति तथा सांसद डिपी अर्याल (डोलप्रसाद)ले जानकारी दिए। उनका अनुसार लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा छन्।









