चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटौँडा ।  हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ मा शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले बताए ।

६ वर्षीय स्माइल गौतम भने घाइते भएका छन् । उनलाई उपचारको निम्ती काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनीको अवस्था पनि गम्भीर छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहररू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौंडा-काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको