एमाले चितवनले भन्यो–घनाबस्ती जोगाएर रेलमार्गको रेखाङ्कन गर

चितवन । घनाबस्ती जोगाएर रेलमार्गाको रेखाङ्कन गर्न नेकपा एमाले  चितवनले माग गरेको छ । एमालेले आज  एक विज्ञप्ति जारी गरी चितवनमा रेलको लागि वैकल्पिक मार्ग छनौट गर्न आग्रह गरेको हो ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जिल्लाका राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालासँग परामर्श नगरी गरिएको रेलमार्गको रेखाङ्कनलाई अगाडि नबढाउन अनुरोध गरेका छन् ।

‘रेलमार्गसहित स्टेशन राखिने स्थान वरपर स्वतः शहरी विकास हुने हुँदा अधिकांश भरतपुरबासीलाई पायक पर्ने, शहरी विकास नभईसकेको क्षेत्र हेरी स्टेशन राखिनु र घनाबस्ती जोगाएर रेखाङ्कन गरिनु पर्दछ’, न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डका लागि राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ र भरतपुर महानगरको ८, ७, ५, ४ र १६ नम्बर वडाभित्र रेलमार्ग बनाइँदै छ ।

सरकारले घनावस्तीको बीचबाट रेलमार्ग बनाउन लागेको भन्दै स्थानीयहरु चरणबद्ध आन्दोलनमा होमिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको