राप्तीमा चिउरीको रुखबाट लडेर बालिकाको मृत्यु

चितवन । राप्ती नगरपालिका–११ सुर्खण्डीमा चिउरीको रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ । हिजाे दिउँसाे साढे ११ बजे चिउरीको घाँस काट्न रुखमा चढेकी १७ वर्षीय अञ्जली प्रजाको लडेर मृत्यु भएको हो ।

रुखबाट लडेर मृत्यु भएकी अञ्जली मृगी रोगको विरामी समेत भएको खुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।उनको लास पोस्टमार्टमका लागि भरतपुर अस्तपालको शवगृहमा राखिएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको