चितवन । जापानमा उच्च शिक्षा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई लक्षित गरी ‘मिचि एजुकेशन सेन्टर’ ले निशुल्क जापानीज भाषा कक्षा संचालन गर्ने भएको छ । विद्यार्थी भिसामा जापान जान चाहने विद्यार्थीहरुका लागि केही दिनमै निशुल्क जापानीज भाषा कक्षा संचालन गरिने ‘मिचि एजुकेशन सेन्टर’का कार्यकारी निर्देशक आकाश गिरीले जानकारी दिए।
उनका अनुसार जुलाई र अक्टोबर इन्टेकका लागि भर्ना खुलेको छ । चितवनको सौराहाचोकमा संचालनमा रहेको सेन्टरले विगत पाँच वर्षदेखि सेवा दिदै आएको छ । सेन्टरको अन्य शाखा कार्यालयहरु नारायणगढको सहिदचोक, भरतपुरको सप्तगण्डकीचोक, नवलपुरको कावसोती र काठमाडौं नयाँबजारमा समेत रहेको छ ।

‘मिचि एजुकेशन सेन्टर’ले कामदार भिषामा पनि जापान पठाउने काम गर्दै आईरहेको छ । उक्त सेन्टरले जापान जाने विद्यार्थीहरुलाई जानुपूर्व जापानीज भाषाको तयारी कक्षा, शैक्षिक संस्थाको छनौट, त्यहाँको हावापानी, भिसा प्रक्रिया, कागजपत्रको तयारी र जापान पुगिसकेपछि होस्टेलको व्यवस्था, आशिंक समय काम गर्न पाईने व्यवस्था अर्थात् ‘पार्ट टाईप जव’ सम्बन्धी सूचना, जानकारी र परामर्श प्रदान गर्दै आएको छ ।











