कोमल हृदय प्रतिष्ठानद्वारा कालिकामा निशुल्क सिलाइ कटाइ तालिम सुरू

चितवन । कोमल हृदय प्रतिष्ठान काठमाडौँको सहयोगमा पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित सम्पर्क कार्यलयमा ६ महिने निशुल्क सिलाइ कटाइ तालिम बुधबारबाट सुरू गरिएको छ । कालिका वडा नं. ३, ६ र ७ का २२ जना महिलाहरूको सहभागिता रहेको सो तालिमको वडा नं. ७ का वडा अध्यक्ष कमलराज मुक्तानले उद्घाटन गर्नुभएको थियो ।

कोमल हृदय प्रतिष्ठानका संस्थापक अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका शाखा अधिकृत प्र्रकाश चन्द्र पौडेल, संस्थाका सदस्य शोभा ढकाल, कालिका नगरपालिकाकी उद्याम विकास सहजकर्ता सन्तोषी कुमाल, तालिम प्रशिक्षक सोनि सिंह ठकुरी, संस्थाका चितवन जिल्ला को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो ६ महिने निशुल्क सिलाइ कटाइ तालिम पश्चात् सम्पूर्ण सहभागीहरूलाई सिलाइ कटाइ मेसिन समेत उपलब्ध गराइने संस्थाका चितवन को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठले जानकारी दिए । विपन्न महिलाहरूको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सो तालिम संचालन गरिएको उनको भनाइ थियो । सो संस्थाले यस अगाडि पनि चितवनका विभिन्न क्षेत्रमा निशुल्क सिलाइ कटाइ तालिम, विद्यार्थीहरूका लागि न्यानो कपडा, स्टेशनरी लगायतका सामग्रीहरू सहयोग गर्नुका साथै विपन्न वस्तीहरूमा खाद्यान्न लगायतका सहयोगहरू समेत उपलब्ध गराउदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको