चितवन । चितवन प्रहरीले १३ किलो गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नं. २ घर भएकी ४३ वर्षीया दुर्गा अधिकारी रहेकी छिन् । उनलाई आइतबार दिउसो पक्राउ गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नं. ३ स्थित डेरामा बस्दै आएकी अधिकारीको कोठाबाटै १३ किलो गाँजा बरामद गरिएको हो ।









