उबासंघ चितवनको आर्थिक पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानित

चितवन। आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन् । उद्योग बाणिज्य संघ चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अविधेशन उद्घाटन समारोहमा नगद ५१ हजार रुपैयाँ सहित अधिकारी सम्मानित भएका हुन ।

अधिकारीले चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धनसँग सम्बन्धित समाचार प्रकाशन गरी जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मानित गरिएको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महत, बाग्मती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो ।

अधिकारीले चितवनमा रहेर एकदशक भन्दा बढी समय आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउंँदै आएका छन् । उनी आर्थिक अभियान राष्ट्रिय दैनिक र रेडियो नेपालका चितवन संवाददाता हुन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको