चितवनको कालिकामा रुखबाट लडेर  एक पुरुषको मृत्यु

चितवन । कालिका नगरपालिका स्थित चतुरमुखि सामुदायिक जंगलमा घाँस काट्ने क्रममा भेलदारको रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोहि नगरपालिका–१ संगल टोल बस्ने ५४ वर्षिय दिर्घ बहादुर केसी विहिबार दिउँसो करिब १ बजेको समयमा रुखबाट खसेर घाइते भएका थिए ।

घाइते अवस्थामा उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो । विहिबार दिउँसो तीन बजेर २५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । उक्त स्थान प्रहरी बिट पदमपुरबाट ३ कि.मि. उत्तर पर्ने प्रहरीले जनाएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको