चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन मिति तय गरेको छ । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएका भ्रमण वर्षको औपचारीक उद्घाटन फागुन १८ गते अर्थात् मार्च १ तारिखका दिन गर्ने निर्णय भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।
महानगरको आज बसेको ९० औँ कार्यपालिका बैठकले आगामी फागुन १८ गते भ्रमण वर्षको उद्घाटन गर्ने निर्णय गरेको हो ।
यसअघि जनवरी १ तारिख अर्थात् पुस १६ गते भ्रमण वर्षको उद्घाटन गर्ने भनिएको थियो । पुलचोक–गोन्द्राङ लगायतका ठूला सडकको विस्तारको काम नसकिएकोले भ्रमण वर्ष स्थगित गरिएको थियो ।









