चितवन । चितवनको भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसमा नि: शुल्क स्वास्थ्य परिक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा आज क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारी कल्याण कोषको आयोजना र चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।


प्राध्यापक तथा विद्यार्थीको सुगर प्रेसर, दाँत र आँखाको परिक्षण गरिएको क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारी कल्याण कोषका अध्यक्ष डा. यम बहादुर वि.कले बताउँनुभयो । उहाँका अनुसार ६५ जनाको सुगर प्रेसर, ८६ जनाको दाँत र ८३ जनाको आँखा परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष टेक बहादुर थापाको सुगर प्रेसर परिक्षण गरि सुभारम्भ गरिएको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य, प्राध्यपक, विद्यार्थीको उपस्थिति रहेको थियो । स्वास्थ्य परिक्षण कार्यक्रमको संयोजन प्राध्यापक तथा कर्मचारी कल्याण कोषका अध्यक्ष डा. यम बहादुर वि.कले गर्नु भएको थियो ।


त्यस्तै आजै प्राध्यापक संघ सप्तगण्डकीको आयोजना तथा क्लब अफ इन्भाइरोमेन्ट साईन्स र सप्तगण्डकी आमसंचार क्लबको सहयोगमा क्याम्पस परिसर पनि सरसफाई गरिएको थियोे ।













