चितवन।व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारणसभा तथा अधिवेशन अन्तर्गत आज उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले दिउसो १ः३० वजे उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक गरिएको अन्तिम नामावली अनुसार बस्तुगत तर्फका चार जना र क्षेत्रीय संघ तर्फका एकजना सदस्य निर्विरोध भएका छन् । आवश्यक संख्या भन्दा बढी उमेदवारी नपरेपछि पाँचजना निर्विरोध निर्वाचित भएका हुन् । उनिहरुको कोटामा मतदान हुनेछैन ।
बस्तुगत तर्फ सदस्यहरु दिपक काफ्ले, नरेश खनाल, बिष्णु लम्साल र शंकर प्रसाद घिमिरेको मात्रै नामावली परेपछि उनिहरु निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी क्षेत्रीय संघतर्फ कार्यसमिति सदस्यमा मणीरत्न शाक्य निर्विरोध भएका छन् । बस्तुगत तर्फ उमेदवारी दिएका आरती शाह र नवराज सुवेदीले उमेदवारी फिर्ता लिएपछि कुरा मिलेको हो ।
२३ गते हुने अधिवेशनमा अव अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (उद्योग, बाणिज्य,कर्पोरेट/बस्तुगत) र सदस्यहरुका लागि मतदान हुने भएको छ । अन्तिम नामावली सार्वजनिक भएसँगै उमेदवारहरुले आन्तरिक भेटघाट र छलफललाई तिव्र बनाएका छन् । अधिवेशनमा २७ सय बढी मतदाताले भोट हाल्ने तयारी छ ।
उमेदवारहरुको अन्तिम नामावली ।











