चितवन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली असार १५ गते चितवन आउने भएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष कार्यक्रममा सहभागी हुन ओली चितवन आउन लागेका हुन् ।
रामपुर कृषि क्याम्पसमा विद्यार्थीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन ओलीलाई निमन्त्रणा गरिएको छ । आज आफ्नो फेसबुक पेजमा एक भिडियो शेयर गर्दै ओलीले चितवन आउन लागेको जानकारी दिएका हुन् ।
‘मानव जीवन र जिविकाका लागि कृषि अनिवार्य छ । कृषिलाई आधुनिकता, रोजगारी र कमाईको विषय पनि बनाउनुपर्छ । त्यसका लागि चितवनमा असार १५ गते विशेष कार्यक्रम हुँदै छ । त्यहाँ आउन म सबैलाई आमन्त्रण गर्दछु’, उनले भनेका छन् ।









