एमालेले चाहे एक हप्तामा सरकार ढाल्न सक्छ: सचेतक बर्तौला

काठमाडौं ।  नेकपा एमालेका सचेतक महेश बर्तौलाले पार्टीले चाहेमा एक हप्ताभित्र सरकार ढाल्न सक्ने बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले चाहे एक हप्ताभित्र सरकार ढाल्ने बताए। उनले यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि भएको बताए। यद्यपि सरकार गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए।

‘यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन। यदि एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ताभित्रमा ढाल्न सक्छौं। यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो। भोलिपल्ट, अर्को एक दिनको लागि हो,’ उनले भने।

एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने पनि उनले बताए। एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसद्‌मा भूमिका निर्वाह गर्ने बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको