चितवन । सुख्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ। दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि दुईतर्फी रुपमा नै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।