चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ। बुधबार दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन्।रासस









